
काठमाडौं । राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसका अवसरमा उनीहरूलाई माफी दिइएको हो ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा कैदीको चालचलनमा सुधार आएमा र ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको अवस्थामा कैद सजाय कट्टा गर्न सकिने व्यवस्था छ ।