site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारी सेवामा ६ हजारमात्रै चिकित्सक 

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले सरकारी सेवामा ६ हजार १३८ जना मात्रै चिकित्सक रहेको देखाएको छ ।

सरकारी सेवामा रहेका कुल एकलाख दुई हजार ५०७ जना स्वास्थ्यकर्मीमध्ये चिकित्सकको संख्या ६ हजार १३८ मात्रै रहेको पाइएको हो ।

आर्थिक सर्वेक्षणअनुसार सरकारी सेवामा सबैभन्दा धेरै नर्स/अनमी २७ हजार ६८३ जना र सबैभन्दा कम कविराज ६७४ जना रहेका छन् ।

त्यस्तै, वैद्य ६९३, स्वास्थ्य सहायक १५ हजार ८९६ र महिला स्वास्थ्य स्वयंसेविका ५१ हजार ४२३ जना रहेका छन् ।

देशभर स्वास्थ्य संस्थाको संख्या सात हजार ८५८  रहेको सर्वेक्षणमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro