देश

काठमाडौं । नेपालमा चिकित्सक र नर्सको उत्पादन बढे पनि खपत भने नबढेको पाइएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले प्रति एकहजार जनसंख्याका लागि १.१५ चिकित्सक उत्पादन भइरहेको देखाएको छ ।
त्यस्तै, एकहजार जनसंख्याका लागि २.५४ प्रतिशत नर्स रहेको सर्वेक्षणमा उल्लेख छ ।
यो तथ्यांक विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हो । संगठनको मापदण्डमा प्रति एकहजार जनसंख्याका लागि न्यूनतम एकजना चिकित्सक हुनुपर्ने उल्लेख छ ।
तर, नेपालमा उत्पादित जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण नहुनु र सिप मिश्रित जनशक्तिको न्यून उत्पादन हुनुले पर्याप्त खपत नभइरहेको सर्वेक्षणमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्