site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारी तथ्यांक : गरिबी घट्यो, सहरभन्दा गाउँमा गरिबको संख्या बढी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या घटेको जनाएको छ ।

आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा नेपालमा १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ ।

Agni Group

आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्म निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत थियो । अहिले सो संख्या १५.१ प्रतिशतमा झरेको जनाइएको छ ।

यस्तै, बहुआयामिक गरिबीमा रहेको जनसंख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या सहरी क्षेत्रमा १२.३ प्रतिशत र ग्रामीण क्षेत्रमा २८ प्रतिशत छ ।

Global Ime bank

कर्णाली प्रदेशमा बहुआयामिक गरिबको संख्या सबैभन्दा बढी ३९.५ प्रतिशत छ । वाग्मती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत छ ।

यस्तै, कोसी प्रदेशमा १५.९, मधेस प्रदेशमा २४.२, गण्डकी प्रदेशमा ९.६, लुम्बिनी प्रदेशमा १८.२ र सुदूरपश्चिम प्रदेशमा २५.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC