site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा भवननजिकबाट १३ प्रदर्शनकारी पक्राउ, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

विराटनगर । कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का १३ कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो ।

देवकोटाचोकमा प्रदर्शनको तयारी गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेशसभा भवन घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ भेला भएका थिए ।

Dabur Nepal
NIC Asia

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दीपा आङदाङवालगायत छन् । एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आजदेखि कोसी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

थप तस्बिर हेर्नोस्–

349218310_1001554197890113_620592873483168156_n1685248084.jpg

350235950_232280166198223_2401856528218452717_n1685248083.jpg

350277266_948117459724469_8927191664934147527_n1685248080.jpg

349219205_264564922647436_4261468958546866950_n1685248076.jpg

350186047_715092227049898_6692468129683081266_n1685248076.jpg

350242951_637166754934179_1781950659110109837_n1685248072.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro