site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभापति देउवा भन्छन्– कांग्रेस आलोचनाबाट डराउने पार्टी होइन 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न उत्साह बढाउने र समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क छ ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याए । सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले यसलालाई सबैले बुझेर अघि बढनुपर्नेमा जोड दिए । 

सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्याएको भन्दै नेपाल प्रेस युनियनको प्रशंसा गरे । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्