खेल
1684839597.jpg)
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा साविक विजेता नेपालको चुनौती सेमिफाइनलबाटै समाप्त भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल पाचौँ तथा निर्णायक खेलमा काजकिस्तानसँग १५–७ ले पराजित भएको थियो ।
त्यसअघि पहिलो सेट २८–३० ले हारेको नेपालले दोस्रो सेट २५–१६ र तेस्रो २५–१५ जितेको थियो । तर, चौथो सेट काजकिस्तानले २५–१८ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्