site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसएमइजको संख्या बढाउन र दिगो आर्थिक विकास हासिल गर्न स्विस कन्ट्याक्टको पहल

काठमाडौं । नेपालमा साना तथा मझौला उद्यम (एसएमई)को वृद्धि र दिगो आर्थिक विकास हासिल गर्नेबारे स्विस कन्ट्याक्टले विशेष कार्यक्रम गरेको छ । स्विस कन्ट्याक्टले बिहीबार काठमाडौंमा ‘एसएमइज तथा दिगो आर्थिक वृद्धि’ शीर्षकमा प्यानल डिस्कसन (छलफल) आयोजना गरेको हो । 

नेपालमा साना तथा मझौला उद्यमहरू (एसएमइज) को अवस्था र अर्थतन्त्रमा उनीहरूले दिने योगदानबारे जानकारी गराउने उद्देश्य छलफलको थियो । साथै साना तथा मझौला उद्यमहरूको वृद्धिलाई प्रेरित गरी दिगो आर्थिक विकास हासिल गर्न संवाद र सहकार्यमा बढावा दिनका लागि छलफल आयोजना गरिएको हो ।

छलफलमा नेपालको अनलाइनक किनमेल कम्पनी ठुलोकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुरक्षा अधिकारी, अध्यान्तका संस्थापक मनोज पौडेल, कोक्रोमाका संस्थापक रेवती गुरुङ, प्रविधि व्यवसायी प्रिन्सी कोइराला र स्विस कन्ट्याक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. फिलिप स्नेउले वक्ताका रूपमा थिए । छलफललाई चे एन्ड कम्पनीका अध्यक्ष छेवान राईले सञ्चालन गरेका थिए ।

नेपालमा खासगरी साना तथा मझौला उद्यमहरूको बढ्दो संख्याका बाबजुद उनीहरूको क्षमता र व्यावसायिक अवस्थामा खासै सुधार आउन नसकेको उनीहरूको भनाइ छ ।

पूर्वाधारको अभाव, पुँजीको अभाव र दक्ष जनशक्तिलगायतका विषय एसएमइजको वृद्धिमा बाधा बनेको र कोभिड–१९ महामारीसँगै अहिले आर्थिक मन्दीका कारण धेरै एसएमइज अगाडि बढ्न नसकिरहेको र बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

ठुलोकी सीओओ सुरक्षा अधिकारीले प्रविधिको प्रयोग गरी एसएमइजको विकास सक्षम बनाउन दक्ष जनशक्तिको आवश्यकता रहेको बताएकी छन् ।

"व्यावसायिक प्रक्रियाहरूको दक्षता बढाउन डिजिटलाइजेसन एक महत्त्वपूर्ण पक्ष हो, जसले एसएमइजको दीर्घकालीन विकासलाई बढावा दिन्छ," अधिकारीले भनिन्, "साना तथा मझौला उद्यम क्षेत्रको उत्थान गर्ने उद्देश्यका लागि अनौपचारिक अर्थतन्त्रले नेपालका कूल गार्हस्थ उत्पादन (जीडीपी) मा महत्त्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसबारे विचार गर्न आवश्यक छ ।"

प्रविधि व्यवसायी प्रिन्सी कोइरालाले शिक्षा र अनुभवबीचको खाडल पुर्न स्वदेशी व्यावसायिक ‘केस स्टडी’लाई दस्तावेज बनाएर अनुसन्धान र विकासमा पनि लगानी गर्नुपर्ने आश्यकता रहेको बताइन् ।

साना तथा मझौला उद्यमहरू नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण अंग भएको र दिगो तथा समावेशी आर्थिक वृद्धि प्रबर्द्धन गर्न साना तथा मझौला उद्यम क्षेत्रलाई धेरै अवसर उपलब्ध रहेको उनको भनाइ छ ।

"व्यवसाय सञ्चालन गर्दा अन्य सरोकारवालाहरूसँगको अनुकूलनता र सहयकार्य महत्त्वपूर्ण हुने गर्छ," समावेशी विकासमा एसएमईको भूमिका र बढ्दो साना तथा मझौला उद्यमका लागि ज्ञान आदान–प्रदानको उपयोगिताबारे बोल्दै कोक्रोमाका संस्थापक रेवती गुरुङले भनिन्, "एउटी महिलाले आफ्नो कडा मिहिनेतबाट कमाइ गरेको आम्दानीले कुनै पनि जीवनशैली अनुसरण गर्नु प्रकृतिको मतलब नगरी सशक्तीकरणको एक प्रभावशाली कार्य हुने गर्छ ।"

अध्यान्तका संस्थापक मनोज पौडेलले साना तथा मझौला उद्यम वृद्धिका लागि पुँजी पहुँच एक प्रमुख सक्षमकर्ता भएको बताए । 

"एन्जल लगानीकर्ता, भेन्चर क्यापिटलिस्टहरू र प्रभावकारी लगानीकर्ताहरूका लागि एसएमईको विकास समर्थन गर्न सक्षम पारिस्थितिक प्रणालीलाई बढावा दिनुको महत्त्वलाई अतिरञ्जित गर्न सकिँदैन," पौडेलले भने, "(एसएमईका क्षेत्रमा) स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको आशालाग्दो चासो छ । लगानी प्रक्रिया व्यवस्थित गर्न र इच्छुक उद्यमीहरूलाई मार्गनिर्देशनका लागि थप प्रयास भने आवश्यक छ ।"

कुनै पनि उद्यमलाई सफल बनाउँन विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहने उनीहरूको भनाइ छ ।

कार्यक्रममा स्विस कन्ट्याक्टका सीईओ डा. फिलिप स्नेउलेले निजी क्षेत्रसँग मिलेर विकासका चुनौतीहरूलाई दिगोरूपमा समाधान गर्ने बताए । 

उनले भने, "हामी निजी क्षेत्रसँग मिलेर विकासका चुनौतीहरूलाई दिगोरूपमा समाधान गर्न काम गर्छौं । हामी स्टार्टअप कम्पनीहरूलाई प्रबर्द्धन गर्छौं र पर्यावरणका चालकहरूको क्षमतालाई समर्थन र सुदृढ गर्न उनीहरूलाई राम्रा सेवा प्रदान गरी सक्षम पार्न प्रक्रिया सहज बनाउँछौँ ।’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro