site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफूविरुद्ध लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न ओलीको चेतावनी, भने– संसद् अवरुद्ध हुनैपर्छ
SkywellSkywell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रनिधिसँगै बोल्दै उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिए ।

जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद् लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।

KFC Island Ad
NIC Asia

“अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,” ओलीले भने । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने बताए ।

“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने ।

Royal Enfield Island Ad

कि पुष्टि हुनुपर्छ । पुष्टी हुने सम्भावना नै नभएको उनले दाबी गरे । उनले आफू भ्रष्टाचारविरुद्ध आन्दोलन चलाइरहेको भन्दै देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाए ।

“जसले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएर आएको छु्, त्यही मान्छेकाविरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने काम हो,” ओलीले भने, “देशद्रोही तत्वले यो देशमा चाहीँ कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्र्रतिकै वितृष्णा जगाउने देशद्रोही काम हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro