site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ओथ किपर्स नेता रोड्सलाई ट्रम्पलाई सत्तामा राख्ने षड्यन्त्र गरेको आरोपमा १८ वर्षको जेल सजाय
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

काठमाडौं । ओथ किपर्सका संस्थापक र नेता ५८ वर्षीय स्टीवर्ट रोड्सलाई १८ वर्षको जेल सजाय सुनाएको छ ।

२०२० को चुनाव हारेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्तामा राख्नको लागि दूरगामी षड्यन्त्रको नेतृत्व गरेकोमा बिहीबार १८ वर्षको जेल सजाय सुनाइएको हो ।

ओथ किपर्सका संस्थापक स्टीवर्ट रोड्सलाई देशद्रोहको षड्यन्त्र र अन्य अपराधको आरोप लागेको थियो । देशद्रोहको षड्यन्त्रको आरोपमा एक दशकभन्दा बढी अवधिमा सुनाइएको यो पहिलो सजाय हो। अभियोजनकर्ताले २५ वर्षको समय मागेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २३:४६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय