site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलेसिया भ्रमणका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मलेसियासँगको ट्वान्टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ ।

मलेसियामै हुने पाँच खेलको शृङ्खलाका लागि मुख्य प्रशिक्षक सामसङजंग थापाले बिहीबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । शृङ्खलाका लागि यसअघि घोषित प्रारम्भिक टिमबाट चार खेलाडी बाहिर राख्दै थापाले टिमको घोषणा गरेका हुन् ।

नेपालले मलेसियासँग मे २९ मा शृङ्खलाको पहिलो खेल खेल्ने छ । शृङ्खलाको दोस्रो खेल मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो जुन ३ मा र अन्तिम जुन ५ मा खेल्ने छ ।

नेपाली महिला क्रिकेट टिमले पछिल्लोपटक गत वर्षको वैशाखमा त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको ट्वान्टी–२० शृङ्खला खेलेको थियो । त्यसयता हालसम्म कुनै पनि टिमसँग अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको छैन ।

नेपाली टिम

रुविना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुवर, कविता जोशी, अस्मिना कर्माचार्य, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विष्ट, सरस्वती चौधरी ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro