site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईपाङ्ग्रे ईभीको आयात १० महिनामा तीनगुणा बढ्यो, व्यवसायी सन्तुष्ट छैनन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्ला महिनाहरुमा नेपालमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधन (ईभी)को आयात उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको १० महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दुईपाङ्ग्रे ईभीको आयात झन्डै तीन गुणाले बढेको छ ।

तर, आयात बढे पनि ब्रिकी उत्साहजनक नभएको र बढी सवारी गोदाममै रहेको व्यवसायीको भनाइ छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को १० महिना वैशाख मसान्तसम्म ८४ करोड ७४ लाख १८ हजार रुपैयाँ बराबरका ६ हजार ६०४ दुईपाङ्ग्रे ईभी भित्रिएका छन् । यसबाट सरकारले २२ करोड १४ लाख ५७ हजार रुपैयाँ राजस्व उठाएको छ । 

गत आव २०७८/०७९ को यसै अवधिमा दुई हजार ४३३ वटा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधन भित्रिएका थिए । २६ करोड ७६ लाख २२ हजार मूल्य बराबरका ती दुईपाङ्ग्रे ईभीबाट सरकारलाई ६ करोड ४९ लाख ८७ हजार रुपैयाँ राजस्व उठेको थियो ।

दुईपाङ्ग्रे विद्युतीय मोटरसाइकल एवं स्कुटरको आयात राम्रै भए पनि बिक्री खासै नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको भनाइ छ ।

‟दुईपाङ्ग्रे राम्रै होला भन्ने सोचेर धेरैले लिएर आएका छन् । तर, ‘सेल्स’ जति हुनुपर्ने हो, छैन । आयात भएको छ, ‘स्टक’मा छ । नयाँ नयाँ कम्पनीहरु बढी आएको हुनाले पनि आयात धेरै देखिएको छ,” नाडाका अध्यक्ष थापाले भने ।

पहिलाको तुलनामा बिक्री बढे पनि कार ‘सेजमेन्टको’ जस्तो उत्साह दुईपाङ्ग्रेमा नभएको उनको भनाइ छ ।

‟पहिलाको भन्दा बिक्री पनि बढी नै हो । धेरै कम्पनी आउँदा ‘पुस सेल’ नै पनि हुन्छ । पहिलो हिसाबले बिक्री पनि नभएको होइन, राम्रै छ । तर, कार सेगमेन्टमा जुन खालको ‘रफ्तार’ छ, त्यो दुईपाङ्ग्रेमा अझै पनि मान्छेले विश्वास गरिसकेका छैनन् ।”

खासगरी दुईपाङ्ग्रे ईभीमा कम रेन्ज भएका कारण बिक्री कम देखिएको उनको आकलन छ ।

‟खास रेन्जका कारण मान्छेलाई ‘ट्रस्ट’ नभएको हो । मान्छेहरु बाइक–स्कुटर लिइसकेपछि भ्यालीबाहिर पनि जान खोज्छन् । तर, त्यसका लागि ‘पोसिबल’ कुनै पनि स्कुटर–बाइकहरु भएको छैन,” उनले भने, ‟सिटीभित्र चलाउनलाई भयो । सिटीबाहिर जान नभएका कारण यस्तो हो ।”

बढी रेन्जका दुईपाङ्ग्रे ईभी आएमा त्यस्ता ईभीमा मान्छेहरुको चासो बढ्ने देखिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७७/०७८ को १० महिना अर्थात् वैशाख मसान्तसम्मको तुलनामा भने यो आवमा करिब पाँचगुणाले आयात बढेको छ ।

त्यसवर्ष १४ करोड ६० लाख २१ हजार मूल्य बराबरका एक हजार ४०६ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर भित्रिएका थिए । ती विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनबाट सरकारलाई तीन करोड ५४ लाख ७७ हजार रुपैयाँ राजस्व उठेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro