site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा घेराउ गर्ने पहिचानवादीको घोषणा 

विराटनगर । कोसी प्रदेश सरकारले बजेट अधिवेशनको मिति टुंगो लगाएसँगै पहिचानवादीबाट प्रदेशसभा घेराउको कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेश नामकरणको विरोध गरिरहेका राजनीतिक दल र संघ–संस्थाले यही जेठ १४ गते प्रदेशसभा घेराउ गर्ने जनाएका छन् ।

Dabur Nepal
NIC Asia

अहिले उनीहरूले जिल्लाकेन्द्रित आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । जेठ १४ देखि प्रदेश राजधानी विराटनगरकेन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

कोसी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने उनीहरूको माग छ । पुनः नामांकन समितिले आफूहरूको माग सम्बोधन नहुन्जेल आन्दोलन जारी राख्ने जनाउँदै आएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले कोसी नाम नफेरिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए ।

गएको फागुन १७ गते प्रदेशसभाबाट दुईतिहाइभन्दा बढी मतसहित कोसी प्रदेश नाम पारित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro