site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी निजी सेना कम्पनीका मालिकले भने– बाख्मुटको युद्धमा २० हजार भन्दा बढी सेनाको मृत्यु भयो
फाइल तस्बिर ।

काठमाडौं । रूसी निजी सेना कम्पनी वाग्नर ग्रुपका प्रमुखले बाख्मुट सरह कब्जा गर्न चलेको युद्धमा २० हजार भन्दा बढी आफ्ना सेनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनविरुद्ध रूसले सुरु गरेको १५ महिना लामो युद्ध लड्न भर्ना गरिएका ५० हजार मध्ये २० प्रतिशतको मृत्यु पूर्वी युक्रेनी सहरमा भएको उनको भनाइ छ ।

यो तथ्यांक मस्कोले युद्धमा ६ हजार भन्दा बढी सेना गुमाएको भन्ने दाबीको विपरित छ । सन् १९७९ देखि सन् १९८९ सम्मको अफगानिस्तान युद्धमा सोभियत संघले गुमाएको अनुमान गरिएका १५ हजार सेना भन्दा यो संख्या बढी हो ।

सन् २०२२ को फेब्रुअरीमा रूसले सुरू गरेको आक्रमणपछि युद्धमा आफ्ना कति सैनिकको ज्यान गएको छ भन्ने कुरा युक्रेनले सार्वजनिक गरेको छैन ।

बाख्मुटमा करिब १० महिनासम्म चलेको भयानक लडाइँमा दशौं हजार सेनाको ज्यान गएको विश्लेषकहरूको विश्वास छ । त्यहाँ मारिनेमा निकै थोरै तालिम पाएका सेनाहरू समेत रहेको ठानिएको छ ।

कीभको सेना यसका पश्चिमी सहयोगीहरूको हतियार र तालिमबाट बलियो भएसँगै युक्रेनलाई असैनिकीकरण गर्ने रूसको आक्रमणको लक्ष्य उल्टो भएको छ ।

वाग्नर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिनले क्रेमलिन समर्थक राजनीतिक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँग मंगलबार प्रकाशित अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

मंगलबारको अन्तर्वार्तामा उनले आगामी हप्ताहरूमा कीभले सुरु गर्ने ठानिएको काउन्टर अफेन्सिभले पश्चिमी सहयोगका कारण रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्रिमियाबाट बाहिर निकाल्न सक्ने सम्भावना रहेको बताएका छन् । एपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro