site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डा. रुइतको जीवनीबारे बहस : पाठ्यक्रममा कहाँ कसरी समेटिएको छ ?

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएको विषयको यतिखेर सामाजिक सञ्जालदेखि सदनसम्मै चर्चा भएको छ ।

प्रेरणादायी व्यक्तित्वको जीवनी हटाइनुलाई पाठ्यक्रम विकास केन्द्रको गलत निर्णयको रूपमा टिप्पणी गर्न थालिएको छ । विभिन्न विद्यार्थी संगठनदेखि सांसदहरूले समेत यसबारे प्रश्न उठाएका छन् ।

कहाँबाट कहाँ सारियो
यसअघि कक्षा १० को नेपाली किताबको पाठ ३ मा ‘सन्दुक रूइत’ शीर्षकको उनको जीवनी पढाइ हुन्थ्यो । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिमार्जन गरिएको कन्टेन्टको ढाँचा मात्रै परिवर्तन गरेको जनाएको छ । सो क्रममा कक्षा ७ को अंग्रेजी, कक्षा ८ को नेपाली र कक्षा १० को सामाजिक तथा विज्ञान विषयमा डा. रुइतबारे सामग्री समावेश गरिएको छ ।

डा. रुइतको बहुआयामिक व्यक्तित्वलाई अझै उजागर गर्न नै चारवटा विषयमा उनीबारे पाठ्य सामाग्री समेटिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगाना बताउँछन् ।

अहिले कसरी राखिएको छ ?
अहिलेको पाठ्यक्रममा कक्षा ७ को अंग्रेजी विषयमा डा. रुइतको छोटो पेसागत चिनारी समेटिएको छ । त्यस्तै, कक्षा ८ को नेपालीमा सिर्जना र परियोजना कार्य अन्तरगत डा. रुइतबारे बुँदागत जानकारी राखी त्यसका आधारमा जीवनी तयार पार्न दिइएको छ ।

त्यस्तै, कक्षा १० को सामाजिक विषयमा डा. रूइतले पाएको इसा अवार्डबारे जानकारीसहितको छोटो सामग्री राखिएको छ । कक्षा १० को विज्ञान तथा प्रविधि विषयमा भने मोतिबिन्दुबारे जानकारी दिँदै डा. रुइतले इन्ट्राअकुलर लेन्सको विकास गरेको विषय समावेश गरिएको छ ।

g 7 eng1684928805.jpg

g 7 eng continue1684928805.jpg

g 10 samajikk1684928804.jpg

g 10 samajik1684928803.jpg

g 8 nepali1684928803.jpg

g7 eng continue1684928801.jpg

g 10 science1684928801.jpg

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro