site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरातलाई हराउँदै चेन्नाई आईपीएलको फाइनलमा 

काठमाडौं । गुजरात टाइटन्सविरुद्ध १५ रनको जित निकाल्दै चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । चेन्नाई १०औं पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । 

मंगलबार एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र जोड्न सक्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनको योगफल खडा गरेको थियो ।

चेन्नाईका रितुराज गाइकवाडले ६० रन बनाए । गाइकवाडले ४४ बलमा सात चौका र एक छ्क्का प्रहार गरे । डेवोन कोन्वेले ४० र मोइन अलिले २२ रन थपे । अजिन्क्या रहाने र अम्बती रायडुले समान १७ रन जोडे । 

गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान दुई विकेट लिए । नूर अहमेद, राशिद खान र दर्शन नालखन्डेले एक-एक विकेट लिए । 

१७३ रनको लक्ष्यसहित मैदान उत्रिएको गुजरातका सुभमन गिलले ४२ रन बनाए । राशिद खानले ३०, दसुन सनाकाले १७, विजय शंकरले १४ र रिद्दिमान साहले १२ रन जोडे । 

चेन्नाईका रविन्द्र जडेजा, दीपक चहर, महिष थिक्षणा र मथिसा पथिरानाले समान दुई विकेट लिए । तुसार देशपान्डेले एक विकेट हात पारे ।

जितसँगै फाइनलमा स्थान बनाएको चेन्नाईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । गुजरातले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटर विजेतासँग खेल्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro