site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित कोसी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा मध्याह्नबाट वर्षा
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने विभागले जनाएको छ । पहाडी भू–भागहरूका केही  स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र  वाग्मती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत  सम्भावना  रहेको विभागको भनाइ छ । 

काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा मध्याह्नबाट वर्षा सुरु हुनेछ । दिउँसो, बेलुका र राति पनि काठमाडौंमा पानी पर्नेछ,” मौसमविद् सञ्जिव अधिकारीले भने । 

आज राति पहाडी  भू–भागहरूमा  सामान्य  बदली  रही  बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम  सामान्यतया  सफा  रहनेछ । कोसी प्रदेशको  केही  स्थान  र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  विभागले जनाएको छ । 

न्यूनचापीय प्रणालीको असरका कारण वर्षा भएको मौसमविद् अधिकारीले बताए । उनका अनुसार आज र भोलि वर्षाको सम्भावना रहेको छ । “आज र भोलि मौसममा सुधार आउने छैन,” उनले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro