site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीबाट एक सय किलो गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम । महोत्तरी प्रहरीले एक सय किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

एकडारा गाउँपालिका–३, अजमरपट्टीबाट एक सय केजी गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश ३–००१ क ०२६९ नम्बरको ट्रकमा लोड गरी लुकाइछिपाइ ल्याउँदै गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

उनका अनुसार ट्रकका चालक मकवानपुरको भिमफेदी गाँउपालिका–१ का २९ वर्षीय रुपेश गोले र सोही ठाउँका सहचालक २६ वर्षीय अनिल पाख्रिनलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान सुरु भएको छ ।

प्रहरीका अनुसार महोत्तरीको सीमा हुँदै गाँजा भारत पु¥याउन लागिएको थियो । पछिल्लो समय महोत्तरी सीमा भएर अवैध कारोबार निकै बढेको गुनासो छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro