site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुक्शाना लेख्छिन्– के कुनै देशले मलाई शरण दिन सक्छ ?
फाइल तस्बिर : फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफ्नो लैंगिक पहिचानका लागि रुक्शाना कपाली एक दशकदेखि लडिरहेकी छन् । तर, नेपालमा न्यायिक लडाइँ लड्दा–लड्दा हारिसकेको उनले उल्लेख गरेकी छन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले ‘कुनै देशले मलाई शरण दिन सक्छ ?’ भन्ने प्रश्न समेत गरेकी छन् । राज्यले आफूलाई अपूरणीय क्षति पुर्‍याएको उनको भनाइ छ ।

“राज्यले मलाई गरेको क्षति अपूरणीय छ । मैले कानुनी पहिचान पाउनका लागि १० वर्ष गुमाएँ । मलाई थाहा छैन म यो कति समय लिन सक्छु,” उनले लेखेकी छन्, “के कुनै देशले मलाई शरण दिन सक्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूलाई पारलैंगिक महिलाका रूपमा स्वीकार गरेको १० वर्ष भइसक्यो । त्यसयता अभिभावक, परिवार, आफन्तसँगै सिंगो प्रशासनसित समेत लडिरहेको उनले बताएकी छन् । लैंगिक पहिचानका लागि लड्दा आफूले कसैको साथ नपाएको उनले उल्लेख गरेकी छन् ।

उनी पुरुषका रूपमा जन्मिएकी थिइन् । तर, सानै उमेरदेखि आफू महिला भएको महसुस गरेको उनले सामाजिक सञ्जालमा पटक–पटक लेख्दै आएकी छन् ।

Global Ime bank

उनले एसएलसीको परीक्षासम्म पुरुषकै पहिचानबाट प्रमाणपत्रहरू प्राप्त गरेकी थिइन् । एसएलसीपछि नागरिकतामा प्रशासनिक सुझावानुसार ‘अन्य’ लेखियो । उनले सुरुबाटै आफूलाई महिला भनेर चिनाउन चाहिन् । तर, उनको जन्मदर्तामा रहेको पुरुषलाई महिलामा परिवर्तन गर्न प्रशासनले मानेन । बरु, ‘अन्य’मा पहिचान खोज्न सुझाव दिइयो ।

तर, एसएलसीको प्रमाणपत्रमा पुरुष लेखिएकाले स्नातक तहको रजिष्ट्रेसन कार्ड बनाउन उनी असफल भइन् । अहिले त्रिचन्द्र कलेजमा भाषा विज्ञान र पूर्वाञ्चल विश्वविद्यालयमा कानुन पढिरहेकी छन् । तर, हालसम्म उनले विश्वविद्यालयले प्रदान गर्ने रजिष्ट्रेसन कार्ड प्राप्त गर्न सकेकी छैनन् ।

उनका अनुसार सोही रजिष्ट्रेसन कार्ड पाउन सर्वोच्च अदालतमा रिट दायर गरिन् । आफ्नो लागि मात्र नभई सबै पारलैंगिक व्यक्तिले भोग्नुपर्ने यस्ता समस्या समाधानका लागि रिट दायर गरेको उनको जिकिर छ ।

उक्त रिटमाथि पूर्ण सुनुवाइका लागि पछिल्लोपटक गएको आइतबार पेसी तोकिएको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरियो ।

०७८ भदौ ३१ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने र अग्राधिकार समेत दिइने आदेश गरेको थियो । तर, हालसम्म सुनुवाइ सुरु गरिएको छैन । अग्राधिकार पाएको उक्त रिट पटक–पटक हेर्न नभ्याइने हुँदै स्थगित गरिएको छ ।

कपाली आइतबार रिटको पालो आउने आसमा थिइन् । तर, सुनुवाइ स्थगित भएसँगै अदालतको कार्यसम्पादन देखेर आजित भएको उनले उल्लेख गरेकी छन् ।

“...तीन वर्ष भयो मेरो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । र, यो मुद्दामा अदालत संवेदनशील देखिएको छैन । म गहिरो पीडामा छु । निराश छु...,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उक्त रिटको अर्को पेसी आउँदो असार ३ गतेका लागि तोकिएको उनले जानकारी गराएकी छन् । तर, आफूले हार खाइसकेको उनको भनाइ छ ।

“सरकारले कानुनको अभाव देखाउँदै यस लडाइँलाई पन्छाउँछ, विधायिका कानुन बनाउन चाहँदैन र न्यायपालिकाले मलाइ हेर्न भ्याउँदैन,” उनले लेखेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement