राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाबाट नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबार राष्ट्रियसभा बैठकबाट आर्थिक ०८०/०८१ को नीति तथा कार्यक्रममा पास भएको हो ।
पास गर्नुअघि तीन दिनसम्म नीति कार्यक्रममाथि छलफल भएको थियो । छलफलपश्चात् आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उठेका प्रश्न र संशोधनमाथि जवाफ दिएका थिए ।
प्रधानमन्त्रीको जवाफपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्