site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दशै दिशाबाट हामीलाई सिध्याउने हमला भयो, पार्टी पुनर्जीवित गरेका छौँ : ओली 

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिध्याउन सबैतिरबाट हमला भए पनि पुनर्जीवित गरिएको बताएका छन् ।

मंगलबार २३ जनवर्गीय संगठनका पदाधिकारीसँगको अभिमुखीकरण कार्यक्रममा उनले अहिले एमाले ‘पिलो निचोरिएको जस्तो’ भएको बताए ।

“भयानक हमला दशै दिशाबाट भएको छ । हामीलाई सिध्याउने हमला दशै दिशाबाट भयो । कतैबाट बाँकी नराखी चौतर्फी हमला,” ओलीले भने, “विचित्र अवस्था व्यहोरेर यी दुई वर्षमा पार्टीलाई जोगाएका छौँ । पार्टीलाई पुनर्जीवित गरेका छौँ, सशक्त ढंगले । पिलो निचोरिएको जस्तो भएको छ ।”

उनले एमाले संगठनका पदाधिकारी अरूभन्दा ‘बेटर’ हुनुपर्ने बताए । “अरू स्कुल अफ थटका, अन्य विचार प्रणालीमा कुदेका भन्दा हाम्रो विचारका साथीहरू अरूभन्दा बेटर हुनुपर्छ । परिणाममा देखिनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro