site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति–कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज हो : सांसद वाग्ले 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइने भएकाले अहिले पनि त्यो ‘ट्रेन्ड’लाई धानिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र हुने त होइन भन्ने शंका सबैको मनमा रहेको बताए । आफ्नो पार्टी रास्वपा रचनात्मक प्रतिपक्षी भएकाले त्यसको विरोध मात्र नगर्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कर्मकाण्डमा सामेल भएका छैनौँ भन्ने सबैलाई लागेको छ । फुलस्पट, कमा पनि सरकारले नचाहेसम्म परिवर्तन नहुने हो कि भन्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ,” उनले भने, “विगत १० वर्षदेखि म आफैँ कतै न कतै राज्यको संरचनामा परोक्ष रूपमा भए पनि सहभागी छु । नीति–कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज हो, त्यो अहिले धानिएको छ ।”

उनले नीति तथा कार्यक्रममा प्रशस्त सुधार गर्न सकिने ठाउँ भएको पनि बताए । कार्यक्रमलाई बजेटसँग कसरी लिंक गर्न सकिन्छ, त्यो पनि महत्त्वपूर्ण पक्ष भएको उनले उल्लेख गरे ।

Global Ime bank

“धेरै उत्ताउलोपन देखाउनुपर्छ भन्ने लाग्दैन । क्रमभंगतातिर लान सकिन्थ्यो । तर, अहिलेको कार्यक्रमले त्यो मिलेको छैन,” उनले भने ।

उनले बजेट यथार्थपरक ल्याउन पनि माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement