site stats
बाह्रखरी :: Baahrakhari
कला
तीन युवतीको विगत समेटिएको नाटक ‘त्रयम्’ मञ्चन हुँदै 

काठमाडौं । तीन युवतीको विगत समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुँदै छ । तीन युवतीको विगत कोट्याउँदै नाटकले महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई प्रस्तुत गर्नेछ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक यही जेठ १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुनेछ । नाटक थिएटर भिलेजले निर्माण गरेको हो । 

थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ नाटक निर्माण गरेको थियो । निर्देशक दिलीप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन् । 

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । उनीहरूलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन् । १२ गतेबाट सुरु हुने नाटक २८ गतेसम्म चल्ने थिएटर भिलेजले जारी गरेको प्रेस नोटमा उल्लेख छ । दिलीप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाएकी छिन् । 

काठमाडौंका एउटा फ्ल्याटमा तीन  युवती भाडामा बस्छन् । एकअर्कासँग नमिल्ने उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् । तर, सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ, जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ । योसँगै उनीहरूको विगत किताबको पानाझैँ पल्टिँदै जान्छन् । जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ । यही नै नाटकको कथासार हो । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu