site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुम्बिनी र गण्डकीमा बिहानैदेखि वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज बिहान लुम्बिनी, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Dabur Nepal
NIC Asia

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । कासी प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro