site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
अमेरिकी चिप कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध
Ghorahi CementGhorahi Cement

काठमाडौं । चीनले साइबर सुरक्षाको जोखिम भन्दै संयुक्त राज्य अमेरिकी सेमिकन्डक्टर उत्पादक कम्पनी माइक्रोनका केही उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ । यो कदमलाई अमेरिकी र चीनबीचको आर्थिक प्रतिस्पर्धामा ‘जस्तालाई तस्तै’ भन्ने तरिकाले हेरिएको छ ।

अमेरिकाले हुवावे, जेटटीईजस्ता चिनियाँ टेक कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । त्यसकै बदलाका रूपमा चीनको यो कदमलाई हेरिएको छ ।

Dabur nepal
Agni Group

गत वर्ष अमेरिकाले चिनियाँ राज्य समर्थित मेमोरी चिप निर्माता यांग्त्जे मेमोरी टेक्नोलोजी कर्पोरेसनलाई स्वीकृतिबिना आपूर्ति गर्नबाट रोक लगाउने प्रतिबन्धको सूचीमा थपेको थियो ।

चीनको साइबरस्पेस एडमिनिस्ट्रेसनले आइतबार (हिजो) घरेलु फर्महरूलाई मुख्य सूचना पूर्वाधारका लागि माइक्रोनबाट किनमेल रोक्न भनेको छ । मुख्य सूचना पूर्वाधार भनेर चीनले दूरसञ्चार, ऊर्जा, यातायात, वित्त, रक्षा र राष्ट्रिय हितसँग सरोकार राख्ने अरू क्षेत्रहरूलाई परिभाषित गरेको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेसनले माइक्रोनका उत्पादनमा गम्भीर साइबर सुरक्षा समस्या रहेको र यसले देशको प्रमुख सूचना आपूर्तिमा ठूलो जोखिम खडा गर्ने उल्लेख गरेको छ ।

करिब १६ वर्षअघि चीनमा पहिलो कारखाना खोलेको माइक्रोन कम्पनी डाइनामिक र्‍याम मेमोरी र फ्ल्यास मेमोरीहरू उत्पादन गर्न प्रख्यात छ । सन् २०२२ मा यसको वार्षिक राजस्वको १०.७ प्रतिशत हिस्सा चीनको थियो । चीन यसको तेस्रो ठूलो बजार हो ।

माइक्रोनमाथिको प्रतिबन्धले चीनमा यसका प्रतिस्पर्धी दक्षिण कोरियाली जायन्ट सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सलाई फाइदा पुर्‍याउन सक्छ । तर, अमेरिकाले दक्षिण कोरियालाई चीनमा चिप्स नबेच्न भनेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu