site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अलैँचीविज्ञको आवश्यकता छ : मन्त्री सिटौला 
फाइल तस्बिर ।

झापा । कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँचीविज्ञको आवश्यकता रहेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैँचीविज्ञ नरहेकाले अलैँचीविज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे ।

“आफू पनि अलैँची किसान भएकाले अलैँची किसानका समस्याबारेमा जानकार छु । अलैँची उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता छ,” मन्त्री सिटौलाले भने ।

अलैँची खेती प्रवर्द्धनका लागि किसान र व्यवसायीले वेयर हाउस, सहुलियत ऋणलगायत विविध क्षेत्रमा कुरा उठाएकाले प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनको भनाइ थियो ।

अलैँची व्यवसायीले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री सिटौलाले व्यवसायीलाई कर छली नगर्न आग्रह गरे ।

कार्यक्रमा महासंघका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैँची निर्यात हुने गरेको जानकारी दिए ।

उनले भारतलगायत मुलुकबाट सुकमेल आयात भइरहँदा सोही मात्रामा उत्पादन भएको अलैँची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले मन्त्री सिटौलालाई अलैँची व्यवसायी र किसानको समस्याका बारेमा जानकारी गराएका थिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro