site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टको बैठक सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिल मिटिङ सुरु भएको छ । बैठक आजबाट काठमाडौंमा सुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगानीमा पनि थप विस्तार गर्ने योजना बनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीमा रुपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रुपान्तरण गर्न बैठक बसेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको पनि बताए । उनले नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवर्द्धन गर्ने बैठकको लक्ष्य रहेको बताए । उनले जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउनेमा बैठक केन्द्रित रहने बताए । 

सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्र्याउन खोजेको जानकारी दिए । उनले अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गरे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement