site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’माथि विमर्श
Ghorahi CementGhorahi Cement

काठमाडौं । कथाकार प्रमोद प्याकुरेलको पहिलो उपन्यास ‘खटप्वाल’माथि विमर्श सम्पन्न भएको छ । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. अशोक थापाले कृतिमाथि चर्चा गर्दै उपत्यकाको काँठ क्षेत्र, समाज र त्यहाँकाले भोग्दै आएको जीवन यस उपन्यासमा समेटिएको बताए । डा. थापाले उपन्यासमा काठमाडौं वरपरका क्षेत्रको सुन्दर वर्णन गरिएको उल्लेख गरे । 

Agni Group

उनले उपन्यासमा प्रस्तुत अध्यायहरूको विवेचना गर्दै भने, "औपन्यासिक शिल्प सुन्दर भए पनि उपन्यास भनिसकेपछि कथा जोडिनुपर्थ्यो कि ! कि नयाँ प्रयोग हो ? उपन्यासलाई निबन्धको भाषाले थिचेको छ ।"

समालोचक महेश पौडेलले प्याकुरेलको उपन्यासले बलिया सन्देशहरू प्रवाह गरेको बताए । अर्का वक्ता महेश कार्की क्षितिजले उपत्यकाको काँठवासीको जीवनलाई उपन्यासकारले बलियोसँग प्रस्तुत गरेको बताए ।

Global Ime bank

अन्तरक्रियात्मक प्रस्तुतिमा स्रष्टाहरू भवानी खतिवडा, घनेन्द्र ओझा, लक्ष्मण वियोगी, भरत पौडेललगायतले बोले ।

कार्यक्रममा उपन्यासकार प्याकुरेलले उठेका प्रश्नहरूको जवाफ दिए । कृति पेज टर्नरले प्रकाशन गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC