site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्रबाट ५५ लाख रोजगारी सिर्जना, अर्थतन्त्रमा ८१.५ प्रतिशत योगदान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको निजी क्षेत्रले ५५ लाख जनालाई रोजगारी दिएको देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहयोगमा गरेको अध्ययनमा नेपालको निजी क्षेत्रले ५५ लाखलाई रोजगारी दिएको देखिएको हो । 

बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रतिवेदन सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान निकै ठूलो रहेको जानकारी दिए । 

अध्ययन प्रतिवेदनले नेपालको रोजगारी र अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठूलो रहेको देखिएको हो । उद्योगमन्त्री रिजालले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्न तयार रहेको र अर्थतन्त्रको बिस्तारको लागि निजी क्षेत्रको भूमिका सरकारको भन्दा बढी रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“अर्थतन्त्रको विस्तार निजी क्षेत्रले गर्नेमा हामीहरू प्रतिबद्ध छौँ,” रिजालले भने, “निजी क्षेत्रलाई सरकारले साथमा लिएर अगाडि बढ्ने छ ।”

अध्ययन प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको देखाएको हो । अहिलेसम्म नेपालको निजी क्षेत्रले आफूले अर्थतन्त्रमा ७० प्रतिशतमात्र योगदान दिएको दाबी गर्दै आएको हो । तर, अध्ययनले निजी क्षेत्रले भनेको भन्दा बढी भूमिका निभाएको देखिएको हो । 

Global Ime bank

अध्ययनले नेपालको निजी क्षेत्रले देशभित्र वार्षिक रूपमा सिर्जना हुने रोजगारीमा ८५ प्रतिशत हिस्सा लिएको देखिएको छ । निजी क्षेत्रले अहिले ५५ लाखलाई रोजगारी सिर्जना गरेको छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको भूमिका बढाउन सकिएमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्न सक्ने बताए । 

“अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान देखाएको छ । यसको अर्थ निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ,” ढकालले प्रतिवेदन सार्वजनिक कार्यक्रममा भने, “निजी क्षेत्र अहिले समस्यामा परेको कारण राजस्व लक्ष्य अनुसार संकलन भएको छैन भने अर्थतन्त्र समेत संकुचन भएको छ । यसलाई हटाउने काम निजी क्षेत्रले गर्नुपर्छ ।”

महासंघको अध्ययनले कोभिडको समयमा व्यवसाय निकै प्रभावित भएको देखिएको छ । अध्ययनको क्रममा ७९ प्रतिशत व्यवसाय कोभिडको समयमा प्रभावित भएका थिए । ६३ प्रतिशत व्यवसाय बन्द भएको देखाएको छ । बन्द भएका व्यवसायमा ८९ प्रतिशत एक महिनासम्म पूर्णरूपमा कोभिडको समयमा बन्द थिए । 

अध्ययनले अर्थतन्त्रको विकासका लागि सार्वजनिक निजी साझेदारी, लगानीको वातावरणको सुधार हुनुपर्ने सुझाव दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement