site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी बजेटमा विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक : अध्यक्ष ढकाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने आगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा भएको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले अर्थतन्त्रको सुधारको लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण तथा उद्यमी व्यवसायीलाई पुनःकर्जाको सुविधा दिनुपर्ने उनले बताए । 

“बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नु आवश्यक छ । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण आवश्यक छ,” उनले भने ।

Global Ime bank

व्यवसायीहरूका मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा आंशिक रूपमा समेटेको तर यत्तिले मात्रै बजार चलायमान बनाउन नसक्ने भन्दै आगामी मौद्रिक नीति थप लचिलो बन्न आवश्यक रहेको उनको भनाइ छ । 

अध्यक्ष ढकालले सरकारले रेमिट्यान्स औपचारिक माध्यमबाट बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना बनाउनुपर्ने बताए । सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रोकिएको रेमिट्यान्स सेवा सुचारु गर्न सरकारसँग माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement