site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अमरेशलाई व्यवस्थापन गर्न नियमावली मिचेर चलाइँदै संसद् बैठक 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अझै सुरु भएको छैन । बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, मध्याह्न साढे १२ बज्दा समेत बैठक सुरु हुन सकेको छैन ।

एक सांसदका अनुसार स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्न नपाए ‘सदनभित्रै विरोध गर्ने’ चेतावनी दिएपछि बैठक बस्न ढिलाइ भएको हो ।

Argakhachi Cement Island Ad

ती सांसदका अनुसार सोही कारण सभामुख देवराज घिमिरे प्रतिनिधिसभा नियमावलीविपरीत बैठक सञ्चालन गर्न तयार भएका छन् । उनले प्रश्न टिपाउने सबै सांसदलाई प्रश्न सोध्न दिने गरी बैठक सञ्चालन गर्न लागेका हुन् ।

“सांसद अमरेशले बोल्न नपाए ‘नांगिन सक्ने’ भन्दै चेतावनी दिएपछि एकपटकलाई नियमावली थाती राख्दै प्रश्न टिपाउने सबैलाई बोल्न दिने सहमति भयो र बैठक सञ्चालन गर्ने तयारी भएको छ,” ती सांसदले बाह्रखरीसित भने ।

प्रतिनिधिसभा नियमावलीको दफा ५६ को ५ मा एक दिनको बैठकमा बढीमा १५ सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था छ । तर, आजको बैठकमा यो व्यवस्था लागु नहुने भएको ती सांसदले बताए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्