site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी र एसपीपी पारित गरेपछि अमेरिकी सेनाका झुन्डहरू नेपाल आए : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र एसपीपी पारित गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् । बुधबार ३१औँ मदन—आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिले देश संकटपूर्ण अवस्थामा रहेको उनले उल्लेख गरे । राजनीतिक अस्थिरता कायम रहेको उनको भनाइ छ ।

उनले नेपाल रेमिट्यान्समा आधारित देश बन्न लागेको भन्दै चिन्ता समेत व्यक्त गरे । नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको जिकिर उनले गरे ।

एमसीसी र एसपीपी पारित गरेपछि अमेरिकी सेना र सरकारका एकपछि अर्को ‘झुन्ड’ नेपालमा आइरहेको भन्दै उनले देशलाई विदेशीको खेल मैदान बन्न दिन नहुनेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले नेपालमा अमेरिकीको उपस्थिति बाक्लिनुको कारणबारे सचेत रहनुपर्ने बताए ।

“देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ । राजनीतिमा हामीसँग सात संसद् छन् सातवटै संसद् त्रिशंकु संसद् छन् । कहीँ पनि मेजोरिटी छैन । वामपन्थी मिल्ने हो भने सबै ठाउँमा मेजोरिटी हुन्छ । संघ र प्रदेशमा पनि हुन्छ । तर, वामपन्थीह नै मिल्न चाहँदैनन्, आश्चर्यको कुरा हो,” उनले भने, “राजनीतिक अस्थिरताको दिशामा छ । देश अस्थिरताग्रस्त छ । आर्थिक संकटमा देश भयावह अवस्थामा गइरहेको छ । यो देश रेमिटयान्समा आधारित देश बन्दै छ, यो खतराको कुरा हो । अहिलेको संकटपूर्ण अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्छ । आज हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दै छन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुन्डहरू नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरू आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन्, किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन्, के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोसिस गर्दै छन् ? हामी अब यसको सामना गर्नपर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती भएको उनले बताए । यो प्रकरण निष्पक्ष रूपमा छानबिन भई सतहमा पुग्नुपर्नेमा उनले जोड दिए ।

यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरू पनि पक्राउ पर्दै गएको उनले उल्लेख गरे । यसलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याउन उनले आग्रह गरे । निष्पक्ष छानबिन नभए आफ्नो पार्टीले सहन नसक्ने चेतावनी समेत उनले दिए ।

“अहिले नक्कली भुटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संगीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ कि लगिँदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापी रूपमा चिन्ताका साथ छ, यो कुरामा दृढतापूर्वक टुंगोमा लैजानुपर्छ,” उनले भने, “यसमा देशका ठूला माछा पनि बल्छीमा पर्न थालेका छन् । ती माछाहरू जोगाउने प्रयत्न हुँदै छन् । भ्रष्टाचारको काण्डलाई निष्पक्ष रूपमा टुंगोमा पुर्‍याइयोस् । यसमा कुनै पनि तलमाथि भयो भने हाम्रो पार्टीले सहन सक्दैन । छोटो अवधिमा नै अनुसन्धान टुंग्याउनुपर्ने भन्ने दबाब दिँदै छन् भन्ने सुन्दै छु, यो हो भने अनुसन्धानका लागि आवश्यक समय दिएर टुंगोमा लैजानुपर्छ ।”

पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको अनुसन्धान नहुने गरी विधेयक संशोधन गर्न लागिएको भन्दै उनले आफूलाई त्यो मान्य नहुने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro