देश
काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ ।
यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको छ ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
यस्तो छ नयाँ भाडादर
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १०:०१
प्रतिक्रिया दिनुहोस्