राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसमामयिक विषयमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनको बैठक केही समययता बसेको छैन ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भने दिनहुजस्तो भेटवार्ता भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १३:२१
प्रतिक्रिया दिनुहोस्