site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
१,४१९ आणविक हतियार प्रहार गर्न तयार राखेको अमेरिकी खुलासा, रुसलाई दियो दबाब

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले १ हजार ४१९ वटा आणविक बम राखेको तथ्यांक सार्वजनिक गरको छ । मंगलबार अमेरिकी विदेश मन्त्रालयले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (स्टार्ट) सन्धि अन्तर्गत आफ्नो प्रतिबद्धता अनुसार आणविक हतियारको विवरण सार्वजनिक गरेको बताएको हो ।

यो तथ्यांक सार्वजनिक नगर्ने पूरानो निर्णयलाई उल्टाउँदै अमेरिकाले रुसलाई समेत तैनाथ गरिएका आणविक हतियारको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ । “गलत धारणा, गलत आंकलन र गम्भीर परिणाम निम्त्याउने हतियार प्रतिस्पर्धाको सम्भावना कम गर्नका लागि संयुक्त राज्यले आणविक हतियार भएका राष्ट्रहरू बीचको पारदर्शितालाई महत्वपूर्ण रूपमा हेरेको छ,” अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ । 

नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि सन् २०११ मा लागु भएको थियो । सन् २०२१ मा यो सन्धिलाई थप पाँच वर्षका लागि बढाइएको थियो । यसले अमेरिका र रुसले तैनाथ गर्न सक्ने रणनीतिक आणविक हतियारको संख्या, भूमि र पनडुब्बीमा आधारित क्षेप्यास्त्र एवं बमवर्षकलाई नियन्त्रण गर्छ ।

Dabur Nepal
NIC Asia

तर, गत फेब्रुअरीमा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो सम्झौताबाट आफू बाहिरिने बताएका थिए ।

अमेरिकाले रूसलाई नयाँ स्टार्ट सन्धिको पूर्ण कार्यान्वयन गर्न र यसमा समावेश भएका सबै स्थिर पारदर्शिता र प्रमाणीकरणमा फर्केर कानुनी रूपमा बाध्यकारी दायित्वको पालना गर्न आह्वान गरेको छ ।

पछिल्लो तथ्यांकले १ हजार ४१९ आणविक वारहेडका साथै अमेरिकासँग ६६२ वटा तैनाथ गरिएका अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम), पनडुब्बीबाट लञ्च गरिने ब्यालिस्टिक मिसाइल (एसएलबीएमएस) र भारी बमवर्षकहरू रहेको देखाएको छ ।

मार्च १ सम्म अमेरिकाले आफूसँग ८०० वटा आईसीबीएम, एसएलबीएमएस र भारी बमवर्षकको लञ्चर अथवा डेलिभरी प्रणाली रहेको बताएको छ । अमेरिका आफूले यो विवरण सार्वजनिक गरेर रुसलाई पनि तथ्यांक सार्वजनिक गर्न एक किसिमको दबाब दिन थालेको देखिन्छ ।

नयाँ स्टार्ट सन्धिले दुवै देशलाई तैनाथ गरिएका आणविक हतियारको संख्या १,५५० र लामो दूरीको मिसाइल एवं बमवर्षकको संख्या सात सयमा सीमित गर्नुपर्ने व्यवस्था गरेको छ । विश्वको ९० प्रतिशत आणविक हतियार अमेरिका र रुससँग छ । रूससँग विश्वमा सबैभन्दा धेरै करिब ६ हजार आणविक हतियार रहेको अनुमान छ ।

विश्वमा रूस, संयुक्त राज्य अमेरिका, चीन, फ्रान्स, बेलायत, पाकिस्तान, भारत, इजरायल र उत्तर कोरियासहित नौ देशसँग आणविक हतियार छ । कुल आणविक हतियारको संख्या १२ हजारभन्दा बढी हुनसक्ने आंकलन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro