site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चित्रबहादुरले गरे सुशासन समितिको सभापतित्व, मानवअधिकार समिति बैठकको देउवाले
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी सांसद । तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दश विषयगत समितिको बैठक बसेको छ । मंगलबार सिंहदरबारस्थित आ–आफ्नै सभाहलमा समितिहरूको बैठक बसेको हो ।

सबै समिति बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यले गरे । सार्वजनिक लेखा समिति बैठकको सभापतित्व ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वाधार विकास समिति बैठकको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले गरे ।

Global Ime bank

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टी (जसपा)का सांसद नवलकिशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व नेकपा (एमाले)का सांसद कालुराम राई, राज्य व्यवस्था तथा सुशासन समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी गरे ।

यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व कांग्रेसका सभापति एवं सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राप्रपाका सांसद रोशन कार्की र अर्थ समिति बैठकको सभापतित्व कांग्रेस सांसद सन्तोष चालिसेले गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement