site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन माग
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सभामुखले ध्यानाकर्षण गराउँदा पनि किन सरकारले यो विषयमा सदनलाई जानकारी नगराएको ? भन्दै प्रश्न गरे ।

“सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?,” उनले भने ।

सरकारले अनुसन्धानमा आलटाल गरिरहेको र दोषीलाई कारबाही हुन्छ भन्ने जनतालाई विश्वास नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्