site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै 
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।  

रायमाझीलाई म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । उनलाई फरारको सूचीमा राखेर खोजी गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्