राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आजबाट सुरु हुँदै छ । काठमाडौंमा आजबाट सुरु हुने बैठक ३ गतेसम्म चल्नेछ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम छ ।
सचिवालय प्रमुख हेमजङ गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०६:४८
प्रतिक्रिया दिनुहोस्