site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेन्नाईविरुद्ध कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दोस्रो स्थानको चेन्नाई सुपर किङ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । आइतबार एम ए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा चेन्नाईले प्रस्तुत गरेको १४५ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । 

कोलकाताको जितमा कप्तान नितिश कुमारले ४४ बलमा ६ चौका र एक छक्कासहित ५७ रन बनाए । रिन्कु सिंहले ५४ रन बनाए । रिन्कुले ४३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यी दुईले ३३-३ को नाजुक अवस्थाबाट ९९ रनको साझेदारी गर्दै कोलकातालाई जितसम्म डोहोर्याएका थिए ।

चेन्नाईका दीपक चहरले तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए । डेविड कोन्वेले ३०, रवीन्द्र जडेजाले २०, रितुरात गाइकवाडले १७ र अजिन्क्या रहानेले १६ रन जोडे । 

कोलकाताका वरुण चक्रवर्ती र सुनील नारिनले समान दुई विकेट लिए । शार्दुल ठाकुर र वैभव अरोराले एक-एक विकेट लिए ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro