site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा हावाहुरी र असिनासहित वर्षा 

काठमाडौं । काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ ।

यसअघि, आइतबार मध्याह्न बाह्रखरीसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए ।

Dabur Nepal
NIC Asia

“एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले भनेका थिए, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।”

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताएका थिए ।

“पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै वर्षा गराउने हो,” उनले भने, “मोखाले धेरै पानी गराउने अवस्था छैन ।”

‘मोखा’ले कोसी र मधेस प्रदेशमा बादल भने बढाउने उनले बताए । “मोखाले पानी नपारे पनि बदलीचाहिँ गराउँछ । कोसी प्रदेश र मधेस प्रदेशमा बादल बढाउँछ,” उनले भने, “त्यसो हुँदा तापक्रम घट्छ ।”

उनका अनुसार आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । भोलि काठमाडौंसहित पहाडी भूभागमा वर्षाको सम्भावना प्रवल रहेको उनले जानकारी दिए ।

No description available.

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro