site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

 

काठमाडौं । उदयपुर प्रहरीले सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा ठगी गरेको आरोपमा पक्राउ परेका कटारी–३ का उज्जवल थापा मगर, चितवन रत्ननगर–२ का सुशिल श्रेष्ठ र कटारी नगरपालिका ३ का विशाल थापा मगरलाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूको समूहले त्रियुगानगरपालिका ३ का उदय राईलाई सामाजिक सञ्जाल ह्वाटसएपमा २५ लाखको चिठ्ठा पर्‍यो भन्दै रकम प्राप्त गर्न कर तिर्न भनेर २२ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्रप्रसाद फुयालका अनुसा ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक सञ्जालमा विभिन्न प्रलोभनसहितको लिङ्क पठाउने, चिठ्ठा परेको भनेर कल गर्ने र चिठ्ठा वापतको रकम प्राप्त गर्ने करबापतको पैसा ईसेवा, आईएमी पे, कनेक्ट आईपीएसलगायतबाट पैसा पठाउन लगाएर ठगी गर्ने गरेको पाइएको छ । 

प्रहरीका अनुसार ठगी गर्ने समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगीमा पर्नेको संख्या धेरै हुन सक्ने जनाएको छ । 

पक्राउ परेका तिनजनालाई नै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिकलाभ सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्