site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । यसदिन १६.९६ अंकले घटेर नेप्से परिसूचक १८२१.६४ विन्दुमा रोकिएको हो । 

आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । आज २६३ धितोपत्रको २७ लाख ८८ हजार ८१५ कित्ता ९० करोड पाँच लाख ६३ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ ।

गत साताको अन्तिम करोबार दिन ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ १० पैसा वृद्धि भएर ७२१ रुपैयाँ १० पैसा कायम भएको छ ।

त्यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३७ प्रतिशतले घटेर ६०३ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नागरिक लगानी कोषको भएको छ । यो कम्पनीको पाँच करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये लगानी समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । लगानी समूहको परिसूचक १.१३ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै, सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको  छ । यो समूहको परिसूचक २.२१ प्रतिशतले घटेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro