site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अदालतले रोक्का गरेको जग्गा मालपोतले गरिदियो नामसारी
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरकी लक्ष्मीनियाँ ठाकुर चार वर्षदेखि जनकपुरधाम धाइरहेकी छन् । कहिले मालपोत त कहिले अदालत धाउने उनको दैनिकीजस्तै भएको छ ।

गएको बिहीबार र शुक्रबार पनि लक्ष्मीनियाँ काम हुने आसले जनकपुरधामस्थित भूमि सुधार तथा मालपोत कार्यालय पुगेकी थिइन् । तर, मुद्दा फाँटका एक कर्मचारी बिदामा भएका कारण उनको काम हुन सकेन । कार्यालय प्रमुख ताइब राइनले सधैँझैँ अर्को दिन काम हुने आश्वासन दिएर उनलाई फर्काए ।

यसरी नै लक्ष्मीनियाँ चार वर्षदेखि मालपोतको चक्कर लगाइरहेकी छन् । तर, काम कहिले हुने टुंगो छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीले कार्यान्वयन नगर्दा उनका बुवा हरिदेव ठाकुरको अंशमा पर्ने जमिन नै बिक्री भइसकेको छ । बिक्री मात्र होइन, हरिदेवका भाइ कमलदेवले बैंकमा धितो समेत राखिसकेका छन् ।

जग्गा रोक्का राख्ने विषयमा ०७६ चैत ३ गते अदालतले मालपोत कार्यालयलाई पत्राचार गरेको थियो । मालपोतले पत्र त बुझ्यो, तर न कार्यान्वयन गरियो न त त्यसबारे अदालतलाई जानकारी नै गराइयो ।

Global Ime bank

मालपोतले अदालतको पत्र बुझेका कारण जग्गा बिक्री नहुनेमा लक्ष्मीनियाँ विश्वस्त थिइन् । तर, रोक्का गरिएको एक वर्ष नबित्दै त्यही जग्गा कमलदेवले बिक्री गरिसके । करिब १० कट्ठा सोही जमिन बैंकमा धितो समेत राखेका छन् । मालपोतका कर्मचारीले कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरूका नाममा नामसारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।

०७८ साउन २६ गते पुष्पवलपुर–५ को २८७ कित्ता नम्बरको एक कट्ठा तीन धुर २५ कन्मा जग्गा कमलदेवले उनकी नातेदार गीतादेवी ठाकुरलाई नामसारी गरिदिएको देखिन्छ । जग्गा रोक्काको आदेश भएको करिब डेढ वर्षपछि यो नामसारी गरिएको थियो ।

सोही मितिमा पुष्पवलपुर–४ ‘क’ को ५०४ कित्ता नम्बरको दुई कट्ठा १० कन्मा जग्गा पनि गीतादेवीकै नाममा नामसारी गरिएको थियो । यी दुई कित्ताबाट ऋण नलिएका कारण नामसारी बदर भएको छ ।

तर, नौ कट्ठा १२ धुर ३५ कन्मा जग्गा बैंकमा धितो राखेका कारण नामसारी बदर भएन । ०७८ भदौ ४ गते १०९ र ११० कित्ता नम्बरको दुई कट्ठा १६ धुर चार कन्मा जग्गा कमलदेवकी श्रीमती सुनीतादेवीको नामबाट शिवकुमारीको नाममा नामसारी भएको देखिन्छ । यी दुई कित्ता साना किसान कृषि सहकारी संस्था लिमिटेड पुष्पवलपुरमा धितो राखिएका कारण नामसारी बदर भएको छैन ।

यस्तै, कित्ता नम्बर ४९०, ४९३ र ४९६ नम्बरका कमलदेवको नाममा रहेको जग्गा सिभिल बैंक ढल्केबरमा धितो राखिएको छ ।

तत्कालीन समय अदालतको पत्र मुद्दा फाँटका कर्मचारी श्यामबाबु मण्डलले बुझेका थिए । अहिले उनी सोही कार्यालयमा अर्को फाँटमा कार्यरत छन् । तत्कालीन कार्यालय प्रमुख सुनील झा घुस लिएको आरोपमा अहिले थुनामा छन् । झापछि आएका साबिर महतोको एक साताअघि सरुवा भएर अहिले ताइब राइन कार्यालय प्रमुख छन् । यो अवधिमा तीन कार्यालय प्रमुख आए पनि लक्ष्मीनियाँको समस्या यथावत् छ ।

कर्मचारी जोगाउन चलखेल

कुन कर्मचारीले अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत धनुषाले ०७८ फागुन ६ गतेदेखि हालसम्म तीनवटा पत्र मालपोत कार्यालयमा पठाएको छ । तर, कार्यालयले त्यसको जवाफ दिएको छैन । कर्मचारी नै दोषी देखिएकाले विवरण नदिइएको स्पष्ट बुझिन्छ ।

१८ दिनयता भने लक्ष्मीनियाँ उक्त पत्र लिएर नियमित मालपोत कार्यालय धाइरहेकी छन् ।

कानुनी ज्ञानको अभावका कारण समस्या निम्तिएको मालपोतको मुद्दा फाँटका कर्मचारी बब्लु कापर बताउँछन् । कर्मचारी कानुनी ज्ञाता नभएका कारण गल्ती भएको उनले स्वीकार गरे । धितोबाहेकको जग्गा नामसारी बदर भइसकेको भन्दै पन्छिन खोजे ।

कार्यालय प्रमुखसँग छलफल गरेर दोषी कर्मचारीको विवरण दिने आश्वासन समेत उनले दिए । कार्यालय प्रमुख राइन यस विषयमा अनविज्ञ देखिए । तर, फाँटका कर्मचारीसँग कुरा गरेर समस्या समाधान गरिने उनले बताए ।

rokka jagga (8)1684033261.jpg

rokka jagga (7)1684033260.jpg

rokka jagga (2)1684033252.jpg

rokka jagga (4)1684033254.jpg

rokka jagga (1)1684033251.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय