site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मस्कले लिन्डा याकारिनोलाई बनाए ट्विटरको सीईओ

काठमाडौं । एलन मस्कले लिन्डा याकारिनोलाई ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा घोषणा गरेका छन् ।

एनबीसीयूमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरसिपको अध्यक्षका रूपमा आफ्नो भूमिका छोड्दै उनले अब ट्विटर सम्हाल्ने भएकी हुन् ।

Dabur Nepal
NIC Asia

ट्विटरका लागि नयाँ सीईओ फेला पारेको भन्दै ट्विट गरेको एक दिनपछि मस्कले याकारिनो सीईओ बन्ने घोषणा गरेका हुन् । तर, मस्कले घोषणा गर्नुअघि नै याकारिनो नै सीईओ बन्ने हल्ला चलिसकेको थियो ।

सन् २०११ देखि एनबीसीयूमा काम थालेकी याकारिनोले त्यसअघि टर्नर कम्पनीमा विज्ञापन कार्यकारी उपाध्यक्षका रूपमा करिब २० वर्ष काम गरेकी थिइन् ।

२०१८ मा उनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले खेलकुद, फिटनेस र पोषणसम्बन्धी राष्ट्रपतीय परिषद्मा नियुक्त गरेका थिए ।

मस्कले कम्पनी खरिद गरेयता ट्विटरको व्यापारलाई असर परेका बेला एक प्रसिद्ध विज्ञापन कार्यकारीलाई सीईओ पद दिनुलाई बुद्धिमानी एवं चलाखीपूर्ण कदमका रूपमा हेरिएको छ । मस्कले आफूले अब कम्पनीको अध्यक्ष र प्रमुख टेक्नोलोजी अफिसरसँगै उत्पादन र सफ्टवेयरको निरीक्षण गर्ने बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro