site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले बोलाएको बैठक बालेनले बहिष्कार गरेपछि... 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बैठक डाकेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य मन्त्री र सचिव, वाग्मती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुखलाई डाकिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला नागरिक अगुवाहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री डाकेको उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने बैठक बहिष्कार गरेका छन् ।  उनी बैठकमा अनुपस्थित देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Global Ime bank

काठमाडौं महानगरपालिकाका तर्फबाट मेयर बालेनले सुरु गरेको अभियानमा संघीय सरकारले साथ नदिएको भन्दै केही समय अघि उनले सिंहदरबार र शितल निवासको फोहोर उठाउन रोकेका थिए । 

सर्वोच्चको आदेशपछि फोहोर भने उठाउन सुरु भइसकेको छ । त्यसपछि फोहोर फाल्ने क्षेत्रका जनप्रतिनिधि र स्थानीयको विगतमा गरेका सम्झौता पालना नभए फोहोर उठाउन रोक्ने चेतावनी सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत र मेयर बालेन दुवैलाई आमन्त्रण गरिएपनि प्रशासकीय अधिकृत मात्र बैठकमा सहभागी हुन आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

“मेयर बालेन प्रधानमन्त्रीले महत्वसहित सरोकारवालासँग राखेको छलफलमा सहभागी हुन आउनु भएन । काठमाडौं महानगरबाट प्रकाशकीय अधिकृत मात्र आउनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “उहाँले नबोलाइएको भनेर गलत कुरा भन्न थाल्नुभएछ ।” ती सचिवालयका सदस्यका अनुसार मेयर बालेनले निमन्त्रण पाएर पनि ‘स्टन्ट’ गरेको आरोप लगाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement