site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविले प्रधानमन्त्रीलाई भने– भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर शुक्रबार सभापति लामिछानेले भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो सधै साथ हुने भन्दै सरकार ढल्छ कि भनेर चिन्ता नलिन आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् भनेर मैले भनेको छु,” सभापति लामिछानेले बाह्रखरीसँग भने, “अहिलेको छानबिन अघि बढाउनुस् र अरु फइलहरू पनि खोल्दै जानुस भनेको छु ।” 

उनले भ्रष्टाचार नियन्त्रण दलहरूको साझा एजेण्डा हुनुपर्ने भन्दै आफ्नो दलले सधै त्यसको समर्थन गर्ने बताए । उनले तीन दलका नेताहरू मात्र बस्ने अनि छलफल, निर्णय र सहमति गर्ने कुराले सकारात्मक सन्देश नदिएको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् । 

Global Ime bank

“तपाईले तीन दलका नेताहरूको मात्र बैठक राख्दा त्यसले राम्रो सन्देश दिएको छैन,” लामिछानेले भेटपछि भने, “चौथो दल रास्वपा पनि छ । अरु दलहरू पनि छन् । उनीहरूलाई पनि समेट्दा त्यसले राम्रो सन्देश जान्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement