site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरा केन्द्र बनाएर भूकम्प

काठमाडौं । बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । 

Argakhachi Cement Island Ad

“पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले यो क्षेत्र ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको क्षेत्र हो । यो भू–भागमा ठूलो मात्रामा इनर्जी सञ्चित रहेको छ । यसैगरी सानोसानो भूकम्प गएर इनर्जी सकियो भने राम्रो हो,” भूकम्पविद् कोइरालाले बाह्रखरीसँग भने, “सानो भूकम्प जान जति कम भयो त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ, त्यसैले सानो भूकम्पका धक्काहरू गएको राम्रो हो ।” 

उनले बेलाबेलामा जाने साना धक्काहरूले ठूलाे भूकम्प जुनसुकै बेला जानसक्छ भन्ने संकेत गरिरहेको भन्दै यसबाट सचेत रहनु पर्नेमा जोड दिए ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्