site stats
बाह्रखरी :: Baahrakhari
देश
‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं ।  दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको आज निधन भएको छ ।

१७ वर्षदेखि अचेत अवस्थामा रहेका मुकेश कायस्थलाई स्वास फेर्न गाह्रो भएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

मंगलबार स्वास्थमा केही सुधार आएको बताएपनि आज (बुधबार) राति ८ बजे निधन भएको अस्पतालले जानकारी दिएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले बाह्रखरीलाई बताए ।

२०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।  

मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेश गोली लाग्दा १४ वर्षका थिए ।

Global Ime bank

वीर अस्पतालमा ११ महिना उपचार गराएर मुकेशलाई २०६३ फागुन ११ गते घर ल्याइएको थियो । बायाँ कञ्चटमा गोली लागेर घाइते भएका मुकेशले तीन हप्तापछि मात्रै आँखा खोले ।

त्यो बेला मुकेशले तीन महिनामा अलि राम्रोसँग हेर्न, पाँच महिनामा देब्रे हातको पञ्जा सामान्य चलाउन र ६ महिनामा सिरानीमामात्रै मुन्टो हल्लाउन सकेका थिए । घर ल्याएको एक हप्तामा नै थप उपचारका लागि पुनः न्युरो अस्पताल, बाँसबारी लगियो ।

त्यहाँ सातमहिना राखेर उपचार गरियो । छोरोको स्वास्थ्यमा कुनै परिवर्तन हुन्छ कि भनेर मेडिसिटी, अन्नपूर्ण, न्यूरो, स्पार्क हेल्थ होमलगायतका विभिन्न अस्पतालमा लगेर परीक्षण, फिजियोथेरापी गराए ।

२०७६ सालमा मस्तिष्कको नसाले काम नगरेपछि अप्रेसन गरेपनि बोल्न र खान सकेन । जिउ सुकेर गयो, अलिअलि भएको होस पनि हराउँदै गयो ।

पछिल्लाे चार वर्षदेखि उनको स्वास्थ्य जटिल बन्दै गएको थियो । त्यसपछि मुकेश पूरै अचेत अवस्थामा ओच्छ्यानमै रहे । उनको हेरचाह आमा मीराले गर्दै आएकी थिइन् ।

मुकेश कायस्थको भोलि अन्त्यष्टि गरिने प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले बताए ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu