site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइल नभएर फायर खोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा ०८०÷०८१ का लागि विनियोजन विधेयकको सिद्धान्त, प्राथमिकता सम्बन्धको छलफलमा उनले भुटानी शरणार्थीका विषयमा खोलिएको फाइल निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

“भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले,” उनले भने, “निर्दोष कोही फस्नुहुन्न । दोषी बँच्नुहुन्न ।”

शर्माले भ्रष्टाचारको छानबिनका लागि कुनै हदम्याद राख्न नहुने बताए ।

“कुनै इफ, बट, किन्तु, परन्तु नगरिकन भ्रष्टाचारको छानबिनका सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि राज्यले कुनै हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ,” शर्माले भने ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro